२०८३, ९ कार्तिक सोमबार

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै उछाल देखिएको छ। राष्ट्रियस्तरका आठ विकास बैंकले एक वर्षमै आफ्नो संयुक्त खुद नाफा करिब ३ अर्ब ३७ करोड रुपैयाँले बढाउँदै साढे ८ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएका छन्। आर्थिक वर्ष २०८२/८३ मा यी बैंकले कुल ८ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।…