२०८३, २६ आश्विन मंगलबार

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी एडीएनओसीको जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ।

शुक्रबार हर्मुज हुँदै गइरहेको जहाजमाथि आक्रमण भए पनि कुनै व्यक्ति घाइते नभएको एडीएनओसीले जनाएको छ।

यूएईले इरानलाई जहाजमाथिको आक्रमण तत्काल रोक्न र हर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्न आग्रह गरेको छ। इरानले भने घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन।

एक साताभित्र एडीएनओसीका जहाजसँग सम्बन्धित यो तेस्रो घटना भएको रोयटर्सले जनाएको छ। हर्मुज जलमार्ग विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग भएकाले पछिल्लो घटनाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र तेल आपूर्तिमा थप चिन्ता बढाएको छ।

प्रकाशित मिति : २०८३, ३० श्रावण आईतबार  १० : ३८ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका