२०८३, ९ कार्तिक सोमबार

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ।

सरकारमा सहभागी नेकपा एमालेले गत ६ साउनमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन्। सरकार टिकाउन अब उनलाई अन्य दलको समर्थन जुटाउनुपर्ने बाध्यता छ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल रहे पनि एक्लै बहुमत पुग्दैन।

प्रदेशसभामा नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। त्यसैले मुख्यमन्त्री बानियाँको सरकार जोगाउने वा नयाँ राजनीतिक समीकरण बन्ने भन्ने विषयमा आजको विश्वासको मत निर्णायक बन्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ८ : २८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि