२०८३, १९ आश्विन मंगलबार

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ।

सरकारमा सहभागी नेकपा एमालेले गत ६ साउनमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन्। सरकार टिकाउन अब उनलाई अन्य दलको समर्थन जुटाउनुपर्ने बाध्यता छ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल रहे पनि एक्लै बहुमत पुग्दैन।

प्रदेशसभामा नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। त्यसैले मुख्यमन्त्री बानियाँको सरकार जोगाउने वा नयाँ राजनीतिक समीकरण बन्ने भन्ने विषयमा आजको विश्वासको मत निर्णायक बन्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ८ : २८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि