२०८३, ९ कार्तिक सोमबार

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा


काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच एकअर्का देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ आइतबार नेपाल आएका हुन्।

नेपाल भ्रमणका क्रममा आजै प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच द्विपक्षीय औपचारिक छलफलसमेत हुनेछ। भेटवार्तामा दुई देशका सेनाबीचको सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।

जनरल सेठ बुधबार नेपाल भ्रमण सम्पन्न गरी भारत फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ९ : ४७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि