काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि हिंसा र अराजकतालाई संरक्षण दिएको गम्भीर आरोप लगाएका छन्। उनले भदौ २३ र २४ गते भएका तोडफोड, हत्या, हिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको दाबी गर्दै राज्य नै कानुनी शासनबाट विचलित भएको टिप्पणी गरे। पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले…