काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सम्पन्न भएपछि उनले सभापति पदमा उम्मेदवारी दिएका हुन्। रास्वपाले महाधिवेशनमा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन गरिनेछ। लामिछानेको उम्मेदवारीलाई विशेष बनाउने…