२०८३, १० कार्तिक मंगलबार

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष निगरानी रहने भएकाले सांसदहरूले आफ्नो काम, व्यवहार र सार्वजनिक आचरणलाई अझ जिम्मेवारीपूर्ण बनाउनुपर्ने बताएका छन्।

सङ्घीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजित दुईदिने संसदीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रभावकारी संसद् सञ्चालनका लागि संसदीय नियम, प्रक्रिया र कानुन निर्माणको ज्ञान अपरिहार्य रहेको बताए।

सभामुख अर्यालले प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएका सांसदको संख्या उल्लेख्य रहेकाले उनीहरूलाई संसदीय अभ्याससँग परिचित गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले अध्ययन, तयारी र प्रविधिको प्रयोगमार्फत सांसदहरूले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

उनले सांसद निर्वाचित भएसँगै व्यक्तिगत जीवन सार्वजनिक उत्तरदायित्वमा रूपान्तरण हुने उल्लेख गर्दै जनविश्वास कायम राख्ने गरी हरेक निर्णय र गतिविधि अघि बढाउन आग्रह गरे।

कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले संसदीय प्रक्रिया, विधि र अभ्यासबारे सांसदको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको बताए।

सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु भएको यो अभिमुखीकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। कार्यक्रममा सांसदहरूलाई संसदीय कार्यप्रणाली, कानुन निर्माण प्रक्रिया, संसदीय अभ्यास तथा जनप्रतिनिधिको भूमिकासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ असार सोमबार  १ : १४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना