२०८३, १४ असार सोमबार

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा


काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ पूर्ण बैठक आजदेखि सुरु भएको छ। बैठकले बदलिँदो राजनीतिक परिस्थितिबीच पार्टीको संगठनात्मक सुदृढीकरण, जनपरिचालन र आगामी राजनीतिक रणनीति तय गर्ने मुख्य एजेन्डामा केन्द्रित भएर छलफल अघि बढाएको छ।

एमालेका केन्द्रीय सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भइरहेको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, जिल्लामा पार्टी संगठनको अवस्था, जनाधार विस्तार तथा आगामी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा गहन समीक्षा भइरहेको छ।

बैठकमा संगठनलाई वडादेखि जिल्ला तहसम्म थप सक्रिय र चलायमान बनाउने, पार्टीका अभियानलाई जनस्तरसम्म पुर्‍याउने तथा समसामयिक राजनीतिक चुनौतीको सामना गर्ने रणनीतिबारे नेताहरूले धारणा राखिरहेका छन्।

बैठकमा एमालेका केन्द्रीय सदस्य अमित लामा, अशोक व्यञ्जु, बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामा सहित जिल्ला, प्रदेश र स्थानीय तहका नेताहरूको सहभागिता रहेको छ।

Screenshot

जिल्ला अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा भइरहेको बैठकमा उनले वर्तमान राजनीतिक परिवेशमा एमाले काभ्रेले निर्वाह गर्नुपर्ने नेतृत्वदायी भूमिका, संगठनलाई थप सशक्त बनाउने योजना तथा जनतासँग पार्टीको सम्बन्ध अझ मजबुत बनाउने कार्ययोजना प्रस्तुत गरेका छन् ।

बैठकबाट संगठनात्मक अनुशासन, राजनीतिक सक्रियता र आगामी अभियानलाई प्रभावकारी बनाउने विषयमा महत्त्वपूर्ण निर्णय हुने एमाले काभ्रेले जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ असार सोमबार  १ : ४७ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण