२०८३, १० कार्तिक मंगलबार

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि सच्याउँदै केन्द्रीय सदस्यको संशोधित नतिजा सार्वजनिक गरेको छ।

निर्वाचन आयोगले पूजा बास्तोलाको उजुरीलाई सदर गरेपछि गण्डकी प्रदेशबाट उनलाई केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएको छ। यसअघि विजयी घोषित सोम शर्मा भने केन्द्रीय समितिबाट बाहिरिएका छन्।

यस्तै, जनजाति क्लस्टरतर्फ पनि नतिजा संशोधन गरिएको छ। उम्मेदवारीसम्बन्धी कागजात पुनः परीक्षणपछि कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।

रास्वपाले प्राविधिक त्रुटिका कारण नतिजा फरक परेको स्वीकार गर्दै संशोधित सूची सार्वजनिक गरेको हो।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : १८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना