२०८३, १९ आश्विन मंगलबार

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि सच्याउँदै केन्द्रीय सदस्यको संशोधित नतिजा सार्वजनिक गरेको छ।

निर्वाचन आयोगले पूजा बास्तोलाको उजुरीलाई सदर गरेपछि गण्डकी प्रदेशबाट उनलाई केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएको छ। यसअघि विजयी घोषित सोम शर्मा भने केन्द्रीय समितिबाट बाहिरिएका छन्।

यस्तै, जनजाति क्लस्टरतर्फ पनि नतिजा संशोधन गरिएको छ। उम्मेदवारीसम्बन्धी कागजात पुनः परीक्षणपछि कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।

रास्वपाले प्राविधिक त्रुटिका कारण नतिजा फरक परेको स्वीकार गर्दै संशोधित सूची सार्वजनिक गरेको हो।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : १८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि