२०८३, १० कार्तिक मंगलबार

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा


काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम संकटमा परेको छ। दुवै देशले एकअर्कामाथि नयाँ सैन्य कारबाही गरेपछि मध्यपूर्वमा फेरि युद्धको जोखिम बढेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार हर्मुज जलडमरूमध्यमा पनामाको झन्डा बोकेको एक तेल ट्यांकरमाथि इरानी ड्रोन आक्रमण भएपछि त्यसको प्रतिकारस्वरूप इरानका सैन्य पूर्वाधारमाथि हवाई आक्रमण गरिएको हो। अमेरिकी सेनाले सैन्य निगरानी प्रणाली, सञ्चार संरचना, हवाई प्रतिरक्षा संयन्त्र, ड्रोन भण्डारण स्थल तथा समुद्री माइन बिछ्याउने क्षमतालाई लक्षित गरी कारबाही गरेको जनाएको छ।

यता, इरानले अमेरिकी आक्रमणको जवाफस्वरूप खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य उपस्थितिसँग सम्बन्धित लक्ष्यमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ। कुवेत र बहराइनले आफ्नो क्षेत्रमा इरानी मिसाइल तथा ड्रोन प्रवेश भएको पुष्टि गरेका छन्। बहराइनले यसलाई अन्तरिम युद्धविरामको उल्लंघन भनेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई कडा चेतावनी दिएका छन्। उनले इरानले आफ्नो गतिविधि नरोक्ने हो भने अमेरिका सैन्य अभियानलाई अझ व्यापक बनाउन बाध्य हुने र त्यसको परिणामस्वरूप “इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै समाप्त हुन सक्ने” चेतावनी दिएका छन्।

इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी बन्दरगाह शहर सिरिक क्षेत्रमा विस्फोट भएको जनाएको छ। साथै, इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले हर्मुज जलडमरूमध्य हुँदै आफ्नो निर्देशनविपरीत यात्रा गर्ने जहाजमाथि चेतावनीस्वरूप गोली चलाएको दाबी गरेको छ। इरानले अब जहाजहरूलाई आफ्नो अनुमति लिएर मात्र जलडमरूमध्य पार गर्नुपर्ने संकेत पनि दिएको छ।

पछिल्ला घटनाले विश्वकै प्रमुख तेल ढुवानी मार्ग हर्मुज जलडमरूमध्यको सुरक्षामाथि पुनः प्रश्न उठाएको छ। बेलायती समुद्री सुरक्षा निकायका अनुसार आक्रमणमा परेको तेल ट्यांकरमा क्षति पुगे पनि चालक दल सुरक्षित रहेका छन्। लगातारका घटनापछि समुद्री सुरक्षाको जोखिम स्तर पनि बढाइएको छ।

अमेरिका र इरानले करिब दुई साताअघि ६० दिने कूटनीतिक वार्ताका लागि अन्तरिम समझदारी गरेका थिए। तर त्यसयता दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्। पछिल्ला सैन्य गतिविधिले युद्धविराम लगभग निष्प्रभावी बनेको र अमेरिका–इरान सम्बन्ध फेरि पूर्ण युद्धतर्फ उन्मुख हुने जोखिम बढाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८३, १३ असार आईतबार  ८ : ४४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना