२०८३, २३ आश्विन शनिबार

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ


काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ललितपुरको खुमलटारमा मनाइएको छ। यस वर्षको दिवसमा पहिलोपटक ड्रोनमार्फत खेतमा मल छर्ने र मेसिनबाट धान रोप्ने अभ्यास प्रदर्शन गरिएको हो।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र तथा बाली विकास एवं कृषि जैविक विविधता संरक्षण केन्द्रले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन्।

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले ड्रोनमार्फत खेतमा मल छरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। उनले कृषि क्षेत्रमा आधुनिक प्रविधिको विस्तार गर्दै खाद्यान्न उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्ने दिशामा सरकार अघि बढिरहेको बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले कृषि क्षेत्रमा नीतिगत सुधारसँगै संरचनागत परिवर्तन आवश्यक रहेको धारणा राखे। उनले किसान र कृषि अनुसन्धान निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिँदै जलवायु परिवर्तनअनुकूल तथा पोषणयुक्त धानका जातको विकास र विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए।

महोत्सवमा आधुनिक कृषि उपकरण, प्रविधिमैत्री रोपाइँ प्रणाली तथा उत्पादन वृद्धि गर्ने नवीन अभ्यासको प्रदर्शन गरिएको थियो। आयोजकले कृषि क्षेत्रमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढाएर धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ असार सोमबार  १ : २३ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि