धुलिखेल, २५ फागुनः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले बागमती प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको छ । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा इन्सेक बागती प्रदेश संयोजक कृष्ण गौतमले जारी गरेको प्रेस विज्ञप्तीमा महिला माथि हिंसा र ज्यादतीको घटना कमी हुनुको साटो बढी रहेको बताएको…