धुलिखेल, १८ फागुनः धुलिखेल नगरपालिकाको योजना अनुगमन समितिले सक्रियता बढाएको छ । उपप्रमुख बिमला शर्मा संयोजक रहेको समितिले नगरभित्र चालु आर्थिक वर्षभित्र सञ्चालन भइरहेका योजनाहरुको अनुगमनलाई तिब्रता दिएको हो । समितिले पछिल्लो एक हप्ताको बीचमा आधा दर्जन भन्दा बढी नगरस्तरीय योजनाहरुको अनुगमन सकाएको छ । समितिले आइतबार वडा नम्बर ४ को सेतीदेवी मार्ग ढलान, वडा…