२०८३, १३ जेष्ठ बिहीबार

काभ्रेमा खाद्यान्न घर-घर पुर्याइने !

काभ्रेमा खाद्यान्न घर-घर पुर्याइने !


धुलिखेल, १४ चैतः काभ्रे जिल्लामा खाद्यान्न, ग्यास लगायत अन्य दैनिक उपभोग्य सामग्रीको वितरणलाई सहज बनाउन सबै सहमत भएका छन । शुक्रबार धुलिखेलमा बसेको कोभिड १९ विरुद्धको सरोकारवाला निकायहरुको बैठकले सहज बनाउने मात्रै निर्णय गरेन खाद्य संस्थान तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी, निजी क्षेत्रका ठूलो खाद्यस्टोर, पसलहरुले आ-आफ्नो क्षेत्रभित्र मोबाइल भ्यान मार्फत घर–घरमा पुर्याउने ब्यवस्था मिलाउन भनेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकको निर्णय नम्बर ८ मा यस्तो उल्लेख गरेको छ । सरकारकाे लकडाउनसँगै राजधानी पूर्वकाे मुख्य बजार बनेपा पूर्णरूपमा बन्द रहेकाे बेला जिल्लामा सरोकारवालाहरुको बैठकले गरेकाे निर्णय कार्यान्वयनमा भने चुनौती देखिएको छ ।

बैठकले वडास्तरमा दूध, तरकारी, फलफूल तथा अत्यावश्यक खाद्य पदार्थ विक्री वितरण गर्ने, पसलहरुमा भिडभाड नहुने ब्यवस्था मिलाउने, माक्स, सेनिटाइजरको प्रयोग गर्ने र ग्राहक बीचको भौतिक दुरी कायम गरेर पसल ब्यवसाय सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

बैठकले जिल्लामा औषधि तथा औषधिजन्य वस्तु र स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध तथा दुधजन्य पदार्थ, पानी, सरसफाईका वस्तु, चिनी, तेल, पशुपन्छि, अन्य आहार, इन्धन जसता वस्तुहरुको उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु र बिक्री वितरण गर्ने थोक तथा खुद्रा बिक्री केन्द्र (पसल) हरु नियमित सञ्चागन गर्ने । यी वस्तु र तीनको कच्चा पदार्थको ढुवानीमा संलग्न सवारी साधनलाई बजारसम्म र बजारबाट आफ्नो गन्तब्यसम्म निर्वाध आवागमन गर्न दिइने उल्लेख छ ।

यस्ताे छ निर्णयः

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ६ : ०९ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक