अघिल्लो सालको मातातीर्थ औंसी बैशाख २१ गते परेको थियो । तिमी २० गते साझँ नै आमालाई भेट्न आइपुगिकी थियौँ । यो वर्ष पनि गाउँका धेरैको छोराछोरी आफ्ना आमा भेट्न आइपुगे । तर तिमी आइनौँ । मातातीर्थ औंसी आमाहरुको विशेष चाड । आमाको मुख हेर्ने, मीठो मसिनो खाने । दुःख, सुःखको कुराकानी गर्ने । बुलेकासम्म भए…