काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु भएको छ। रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन बनाउन थालिएको हो। खोलाको बहाव केही कम भएपछि काम सुरु गरिएको उनले बताए। सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु…