२०८२, २७ कार्तिक बिहीबार

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध


नवलपुर । लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको दाउन्ने खण्ड वर्षाको पानी र हिलोका कारण चिप्लो बनेपछि सवारीसाधन गुड्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला आसपासको क्षेत्र विशेष रूपमा अवरुद्ध बनेको छ। “बिहानैदेखि परेको वर्षाका कारण बाटो हिलो र चिप्लो बनेको छ, जसले गर्दा सवारीसाधन पश्चिमतर्फ जान नसकेका छन्,” उहाँले भन्नुभयो। मालवाहक सवारीसाधन उकालो चढ्न नसक्दा जाम हुन नदिन प्रहरीले नियन्त्रणमा राख्ने प्रयास जारी राखेको पनि उहाँको भनाइ छ।

नेपालमा हाल बंगालको खाडी र अरब सागरमा विकसित चक्रवातको संयुक्त प्रभाव परिरहेको छ। खाडीतर्फको प्रणाली पूर्वबाट र अरब सागरतर्फको प्रणाली पश्चिमतर्फबाट प्रवेश गरेकाले देशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशका केही भागमा आज र भोलि भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  १० : १० बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई