काठमाडौँ, १ मङ्सिर : भारतीय सरकारको सहयोगमा कास्कीका तीनवटा शैक्षिक संस्था निर्माण गरिएको छ । दूतावासको सहयोगमा निर्मित कास्कीको लेखनाथ नगरपालिकास्थित सरस्वती टीका उच्च माध्यमिक विद्यालयको आज उद्घाटन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय दूतावासका मिशन उपप्रमुख डा अजय कुमारले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । यहाँस्थित भारतीय राजदूतावासका अनुसार आजै…