२०८२, २७ असार शुक्रबार

आफ्नै व्यवसायमा आत्मनिर्भर बन्दै कम्लरी

आफ्नै व्यवसायमा आत्मनिर्भर बन्दै कम्लरी


दाङ, माघ २० : सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमानसँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्‍यो । अहिले जग्गाधनी भएकी छन् ।

उनले २ वर्षअघि सहकार्य मुक्त कमैया समूहबाट २० हजार रुपैयाँ सहयोग पाइन् । त्यसबाट सुन्तला, केरा, बदाम, स्याउजस्ता फलफूल किनेर बेच्न थालिन् । दैनिक सरदर २ हजार रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन् । समूहको ऋण चुक्ता गरिसकिन् । मासिक ५ सय रुपैयाँका दरले समूहमा पनि बचत गर्न थालिन् । अहिले ६ लाख पुगिसक्यो । त्यसबाट ऋण लगानी भएको छ । समूहकै सदस्यले ऋण लिएर विभिन्न काम गरिरहेका छन् । यो समाचार कान्तिपुरमा दुर्गालाल केसीले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : २० बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत