२०८२, २० असार शुक्रबार

काभ्रेको पाँचखालका कृषकलाई अर्गानिक खेतीबारे आइ.पि.एम पाठशाला

काभ्रेको पाँचखालका कृषकलाई अर्गानिक खेतीबारे आइ.पि.एम पाठशाला


काठमाण्डौँ १५ माघ: काभ्रेको पाँचखाल नगरपालिका ५ मा रहेको उमा महेश्वर समूहका कृषकहरुलाई जैविक खेती सम्बन्धि सञ्चालन गरिएको आइ.पि.एम पाठशाला सकिएको छ ।

लवग्रीन नेपालले सञ्चालन गरेको पाठशालाको समापन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाललाई अग्र्यानिक तरकारी उत्पादन गर्ने नगरका रुपमा विकास गर्न सबै कृषकहरुको सहयोग अपरिहार्य रहेको बताए । ‘हामी हाम्रो नगरबाट उत्पादित सबै तरकारी बिषादी रहित बनाउने योजनामा छौँ, उनले भने ‘आम्दानी बढाउने तर्फ मात्रै नसोचि स्वस्थ्य तरकारी उत्पादनमा लाग्न सबैको साथ र सहयोग चाहिन्छ ।’

लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले वातावरण मैत्री एकीकृत दीगो विकास परियोजना अन्तर्गत पाँचखालमा आइ.पि.एम पाठशाला सञ्चालन गरेको जानकारी दिए । लवग्रीन नेपालले माटो परिक्षण गरी सुधार गर्नु पर्ने बिषयमा समेत जानकारी गराउंदै कृषकहरुलाई कम खर्चमा बिषादी रहित ताजा तरकारी उत्पादन गराउनको लागी विभिन्न कृषक पाठशाला संञ्चालन गरिरहेको उनले बताए ।

मौसमी तथा बेमौसमी ताजा तरकारी आइ.पि.एम प्रबिधी बाट खेति गर्दा सफल हुनेमा आफु ढुक्क रहेको पाठशालामा सहभागि अम्बिका मिजारले बताइन् । पाँचखालका कृषकहरुले समय समयमा कृषि बिज्ञहरुलाई झिकाएर अन्तक्र्रिया कार्यक्रम गर्नु पर्ने, हाल पाँचखालमा भएको जग्गा प्लटिङले कृषि कार्यमा नकारात्मक असर परेको भन्दै त्यस्ता कार्य रोक्न नगरपालिकासँग माग गरेका छन् ।

आइ.पि.एम पाठसालाका अध्यक्ष तेज प्रसाद तिमल्सिनाले वातावरणका साथै मानव स्वास्थ्य जोगाउने, कृषकहरुको खर्च घटाई आम्दानीमा बृद्धि गराउने तर्फ सबै कृषकको ध्यान जान जरुरी रहेको बताए । बिषादिलाई अनावश्यक प्रयोगमा रोक लगाउंदै जाने समेत उनले बताए ।

-शुसिलराज गिरी

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ८ : ५९ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न