कावासोती, मङ्सिर ८: नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेरीस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मध्यविन्दु नगरपालिका–२, सेरीबाट नन्दपुरतर्फ जाँदै गरेको ना४त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा मध्यविन्दु नगरपालिका–२ बस्ने २६ वर्षीय धनबहादुर महतोको मृत्युभएको प्रहरी चौकी कोल्हुवाका हरिबहादुर रानाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर…