२०८२, २८ असार शनिबार

नुवाकोटमा मिनिट्रक दुर्घटना:एक बालकको मृत्यु,चार घाइते

नुवाकोटमा मिनिट्रक दुर्घटना:एक बालकको मृत्यु,चार घाइते


नुवाकोट, १८ माघ : ककनी गाउँपालिकाको काउलेमा आज भएको मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ककनी गाउँपालिका–१ महादेवस्थानबाट काउलेतर्फ जाँदै गरेको बा४ख ३७२८ नंको मिनिट्रक दुर्घटना हुँदा ककनीका ६ वर्षीय हेमन बलामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका ११ वर्षीय अभिषेक बलामी, १० वर्षीय शक्ति बलामी, २७ वर्षीय अमर बलामी र २५ वर्षीया विनुदेवी बलामी घाइते भएका छन् । घाइतेको काठमाडौँस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । मिनिट्रक सडक भासिएर १०० मिटर तल खसेको हो । चालक शङ्कर बलामी फरार छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : २२ बजे

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर

एनआरएनए यूकेको अध्यक्ष पदमा  राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदका लागि  राजेन्द्र पुडासैनीले  उम्मेदवारी

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको