काठमाडौं । मधेस प्रदेशमा बढ्दो विद्युत् माग सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रणनीतिक प्रसारण लाइन तथा सबस्टेसन निर्माण आयोजनालाई तीव्रता दिएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले धनुषामा निर्माणाधीन बालगंगा सबस्टेसनलाई दसैंअघि नै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको जानकारी दिएका छन्। सबस्टेसन सञ्चालनमा आएपछि मधेस प्रदेशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय…