२०८३, २५ श्रावण मंगलबार

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा कायम भएको छ।

यस्तै, युरोको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा तोकिएको छ। बेलायती पाउन्डको खरिददर २०५ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ १८ पैसा रहेको छ।

स्वीस फ्र्यांक १८८ रुपैयाँ २५ पैसा खरिद र १८८ रुपैयाँ ९९ पैसा बिक्रीदरमा कारोबार हुनेछ। अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर १०९ रुपैयाँ १५ पैसा खरिद र १०९ रुपैयाँ ५८ पैसा बिक्रीदरमा तथा सिंगापुर डलर ११८ रुपैयाँ ९८ पैसा खरिद र ११९ रुपैयाँ ४५ पैसा बिक्रीदरमा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५७ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ।

साउदी रियाल ४० रुपैयाँ ५३ पैसा खरिद र ४० रुपैयाँ ६९ पैसा बिक्रीदर, कतारी रियाल ४१ रुपैयाँ ७४ पैसा खरिद र ४१ रुपैयाँ ९१ पैसा बिक्रीदरमा कायम छ।

युएई दिरामको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ २१ पैसा खरिद र ३७ रुपैयाँ ३५ पैसा बिक्रीदर तोकिएको छ।

दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ७४ पैसा र बिक्रीदर १० रुपैयाँ ७८ पैसा रहेको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ४० पैसा तथा बिक्रीदर १९ रुपैयाँ ४८ पैसा कायम भएको छ।

यस्तै, कुवेती दिनार ४९५ रुपैयाँ ५७ पैसा खरिद र ४९७ रुपैयाँ ५३ पैसा बिक्रीदरमा छ। बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०५ रुपैयाँ २२ पैसा तथा ओमनी रियालको खरिददर ३९४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८४ पैसा तोकिएको छ।

भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने वास्तविक विनिमय दर भने फरक हुन सक्नेछ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ११ : ५३ बजे

नगरपालिकाको सहयोगमा फेरिएको सोह्रसय वर्ष पुरानो नन्दिकेश्वर महादेव मन्दिर

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको १६००

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौं । बिल काट्ने र डिजिटल भुक्तानी गर्ने ग्राहकलाई पुरस्कार

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ

एनएमबि बैंकले तोड्यो आफ्नै रेकर्ड, नाफा ४ अर्ब पार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा नाफाको