२०८३, २७ भाद्र आईतबार

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु


काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा आजदेखि नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु हुँदैछ। देशको सवारी बजारमा बदलिँदो प्रविधि, विद्युतीय सवारी र आधुनिक मोबिलिटीको बढ्दो प्रभावलाई एउटै छानामुनि प्रस्तुत गर्दै एक्सपोले नेपाली अटोमोबाइल क्षेत्रको नयाँ तस्वीर देखाउने भएको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुने एक्सपोमा ५१ स्टलमार्फत ५५ भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्ड सहभागी छन्। साउन ३१ गतेसम्म चल्ने प्रदर्शनीमा ४० भन्दा बढी नयाँ सवारी साधन तथा प्रविधि सार्वजनिक गर्ने तयारी छ।

चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीदेखि व्यावसायिक गाडी, ईभी, हाइब्रिड तथा अत्याधुनिक सवारी प्रविधिसम्मका उत्पादन एक्सपोको मुख्य आकर्षण बन्नेछन्। हुन्डाई, बीवाईडी, टाटा, टोयोटा, किया, निसान, एमजी, बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड र सुजुकीलगायत चर्चित ब्रान्डले आफ्ना नयाँ मोडल प्रदर्शन गर्दैछन्।यो एक्सपो गाडी देखाउने वा बिक्री गर्ने थलोमा मात्रै सीमित छैन। नेपालको मोबिलिटी अब कुन दिशामा अघि बढ्दैछ भन्ने संकेत दिने मञ्चका रूपमा एक्सपोले आफूलाई उभ्याएको छ। विद्युतीय सवारी, हाइब्रिड प्रविधि, चार्जिङ पूर्वाधार, सवारी सुरक्षा र भविष्यको यातायात प्रणालीबारे समेत छलफल तथा ज्ञानमूलक कार्यक्रम हुनेछन्।

अवलोकनकर्तालाई आकर्षित गर्न विभिन्न ब्रान्डले विशेष छुट, उपहार र बुकिङ अफर ल्याएका छन्। यसले नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकका लागि एक्सपो थप महत्वपूर्ण बन्ने देखिएको छ। आयोजकका अनुसार नाइमा मोबिलिटी एक्सपो २०२६ नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधि, नयाँ सोच र नयाँ सम्भावनाको सुरुवात हो। भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनीले नेपाली सवारी बजार अब परम्परागत इन्धनबाट विद्युतीय र स्मार्ट मोबिलिटीको नयाँ युगतर्फ तीव्र गतिमा अघि बढिरहेको सन्देश दिएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ९ : ३१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।