२०८३, २७ भाद्र आईतबार

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा


काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै एनएमबी बैंकले विशेष कर्जा योजना अघि सारेको छ। काठमाडौंमा सुरु हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ लाई लक्षित गर्दै बैंकले नयाँ ईभीका लागि ‘ईभी अटो कर्जा’ ल्याएको हो।

बैंकका अनुसार नयाँ विद्युतीय सवारीसाधन खरिदका लागि बेस रेटमा थप ०.५ प्रतिशत ब्याजदर बाट कर्जा उपलब्ध हुनेछ। सीमित अवधिका लागि ल्याइएको यो योजनाले ईभी खरिदकर्तालाई सहज वित्तीय विकल्प उपलब्ध गराउने बैंकको दाबी छ। ईभीको प्रयोग बढाउने र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ। कर्जा लिन चाहने ग्राहकका लागि प्रक्रिया समेत सरल र छिटो बनाइएको बैंकको भनाइ छ।

नयाँ ईभी खरिद गर्न चाहने ग्राहकले नाइमा मोबिलिटी एक्सपोमा रहेको एनएमबी बैंकको स्टल नम्बर ०५ बाटै कर्जासम्बन्धी जानकारी तथा आवेदन दिन सक्नेछन्। त्यसबाहेक देशभर रहेका बैंकका शाखाबाट पनि कर्जा सुविधा लिन सकिनेछ।एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम तथा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ।ईभी बजारमा नयाँ मोडल र ब्रान्ड थपिँदै गएको अवस्थामा बैंकको यो योजनाले विद्युतीय सवारी खरिदकर्तालाई थप सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ११ : ५७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।