२०८२, १९ चैत्र शुक्रबार

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग फेरि चर्किएको छ। कुनै समय देशकै गर्वका रूपमा चिनिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकलाई रोजगारी दिएको थियो। स्थानीय ९५ वर्षीय सूर्यबहादुर स्याङतानले भने, “हामीले यही उद्योगमा बनेको कपडा लगाएर छोराछोरी पालेका थियौं। अहिले पनि यो उद्योग चलाउन हामी तयार…