२०८३, २६ आश्विन मंगलबार

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान


नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालका जलविद्युत् र सौर्यजस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गरिरहेको बताउँदै मन्त्री घिसिङले भने,

“जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनका साथ हामीसँग दक्षिण एशियालाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने शक्ति छ। म मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु—नेपालमा लगानी गर्नुहोस्, नविकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि हरित भविष्यको हिस्सा बन्नुहोस्।”

मन्त्री घिसिङका अनुसार नेपालको जलविद्युत् केवल राष्ट्रिय विकासको माध्यम मात्र नभई दक्षिण एशियाकै स्वच्छ र हरित ऊर्जा निर्यातकर्ताको रूपमा नेपालको भविष्यको आधार हो।

उनले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण पूर्वाधार विकास कार्य अघि बढाइरहेको जानकारी दिए।

झण्डै ८३ हजार मेगावाट जलविद्युत् र ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावनाले सम्पन्न नेपालका स्रोतहरू छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले बताए।

क्षेत्रीय तथा विश्वव्यापी रूपमा विकसित हुँदै गएको ग्रिड प्रणालीले नविकरणीय ऊर्जाको सन्तुलित प्रवाह, लागत घटाउने र पहुँच विस्तारमा मद्दत गर्ने उनले उल्लेख गरे।

उनले थपे,

“यो दृष्टि ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ अवधारणासँग मेल खान्छ—जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ। यसलाई वास्तविकता बनाउन क्षेत्रीय देशहरूले एकीकृत विद्युतीय बजारतर्फ अघि बढ्नुपर्छ।”

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ११ : १४ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल