काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि बढिरहेका बेला विद्युतीय तथा हाइब्रिड सवारी निर्माता बीवाइडीले नेपाली बजारमा पनि अत्याधुनिक प्रविधिमा आधारित नयाँ सवारी भित्र्याएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा कम्पनीले तीन नयाँ तथा अपग्रेडेड सवारीसाधन सार्वजनिक गर्दै नेपाली अटोमोबाइल बजारमा प्रविधिमैत्री गतिशीलताको नयाँ विकल्प प्रस्तुत गरेको हो।…