२०८२, २९ कार्तिक शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिकोत्सव: उत्कृष्ट सेवा र मजबुत वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिकोत्सव: उत्कृष्ट सेवा र मजबुत वृद्धि


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज आफ्नो २१औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस अवसरमा संस्थाका शेयरधनी, सञ्चालक समिति, कर्मचारी तथा ग्राहकहरूलाई शुभकामना व्यक्त गर्दै बैंकको निरन्तर प्रगति र सेवा विस्तारको प्रतिबद्धता दोहोर्याएका छन्।

श्रेष्ठले भने, “हाम्रो बैंकले १ सय ९ शाखा, करिब ८५० कर्मचारी, ५ सयभन्दा बढी संस्थापक शेयरधनी र करिब २४ हजार शेयरधनी मार्फत उत्कृष्ट सेवा दिइरहेको छ। आगामी दिनमा अझ सुदृढ सेवा र नयाँ शाखा विस्तारमार्फत ग्राहकलाई थप सुविधा प्रदान गर्नेछौं।” बैंकले आफ्ना कर्मचारी र सञ्चालन समितिको योगदानलाई विशेष सम्मान गर्दै, ग्राहकलाई सहज र गुणस्तरीय बैंकिङ सेवा पुर्‍याउने उद्देश्यमा नयाँ योजना पनि अघि सारेको छ।

बैंकका ग्राहकहरूका लागि डिजिटल सेवा, कर्जाको पहुँच र ग्राहकमैत्री सेवा विस्तारमा बैंकले विगत वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसरी सांग्रिला डेभलपमेन्ट बैंक लगातार आफ्नो विश्वासिलो र अग्रणी बैंकको पहिचानलाई मजबुत गर्दै अगाडि बढिरहेको छ।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  ४ : ४० बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर