काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री वितरण गरेको छ। नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री असोज ३ गते कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको हो।…