२०८३, २६ आश्विन मंगलबार

जेनजी आन्दोलनका क्षतिपूर्तिमा सुस्त भुक्तानी: नेपाल बीमा प्राधिकरणको बेथिति

जेनजी आन्दोलनका क्षतिपूर्तिमा सुस्त भुक्तानी: नेपाल बीमा प्राधिकरणको बेथिति

“हामीले भुक्तानीको लागि गरेका दाबी कहिले पूरा हुने हो ?


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी अझै ठप्प छ। नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूले कुल २३ अर्ब रुपैयाँभन्दा बढी दाबीमध्ये केवल २ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन्।

असोज २८ गतेसम्म देशभरका १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा ३ हजार १६३ दाबी दर्ता भए पनि केवल ८.४२ प्रतिशत मात्र भुक्तानी भएको छ। विशेषगरी, बीमा प्राधिकरणको बेथिति स्पष्ट देखिन्छ। सरकारको व्यवस्था अनुसार पीडित व्यवसायीलाई ५० प्रतिशत अग्रिम भुक्तानीको अधिकार छ। तर बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीबाट रकम समयमै उपलब्ध गराउन नसक्दा अधिकांश बीमकले भुक्तानी रोकिरहेका छन्। यसले जनताको अधिकार र अपेक्षा बेवास्ता भएको स्पष्ट गर्दछ।

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ४८ करोड दाबी भए पनि ७८ करोड मात्र भुक्तानी भएको छ।
  • दि ओरिएण्टल इन्स्योरेन्सले ५ अर्ब ५४ करोड दाबीमध्ये सिर्फ ७१ लाख मात्र वितरण गरेको छ।

पीडित व्यवसायीहरूले भोग्नु परेको आर्थिक संकट, रोजगारी गुम्ने अवस्था र पुनःस्थापनामा ढिलाइ अब असह्य अवस्थामा पुगेको छ। नेपाल बीमा प्राधिकरणले पेश्कीको रूपमा १ अर्ब ७५ करोड मात्र उपलब्ध गराएको छ, जुन वास्तविक आवश्यकताको तुलनामा अत्यन्तै कम र अपुग छ। बीमा प्राधिकरणको ढिलाइ र कमजोर नियमनले देशकै इतिहासकै ठूलो “मास क्लेम”मा जनताको विश्वास ह्रास पारेको छ।

विज्ञहरूको चेतावनी अनुसार, बीमा प्राधिकरणले सर्वसाधारणको अधिकार सुरक्षित गर्न, भुक्तानी प्रक्रिया तिब्र बनाउन र बीमा कम्पनीको जवाफदेहिता सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्छ। पीडितहरूले प्रश्न उठाएका छन् – “हामीले भुक्तानीको लागि गरेका दाबी कहिले पूरा हुने हो ? के बीमा प्राधिकरण र कम्पनीहरूले जनताको भरोसा कायम राख्ने छन्?”

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ९ : ३७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल