२०८२, २७ कार्तिक बिहीबार

जेनजी आन्दोलनका क्षतिपूर्तिमा सुस्त भुक्तानी: नेपाल बीमा प्राधिकरणको बेथिति

जेनजी आन्दोलनका क्षतिपूर्तिमा सुस्त भुक्तानी: नेपाल बीमा प्राधिकरणको बेथिति

“हामीले भुक्तानीको लागि गरेका दाबी कहिले पूरा हुने हो ?


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी अझै ठप्प छ। नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूले कुल २३ अर्ब रुपैयाँभन्दा बढी दाबीमध्ये केवल २ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन्।

असोज २८ गतेसम्म देशभरका १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा ३ हजार १६३ दाबी दर्ता भए पनि केवल ८.४२ प्रतिशत मात्र भुक्तानी भएको छ। विशेषगरी, बीमा प्राधिकरणको बेथिति स्पष्ट देखिन्छ। सरकारको व्यवस्था अनुसार पीडित व्यवसायीलाई ५० प्रतिशत अग्रिम भुक्तानीको अधिकार छ। तर बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीबाट रकम समयमै उपलब्ध गराउन नसक्दा अधिकांश बीमकले भुक्तानी रोकिरहेका छन्। यसले जनताको अधिकार र अपेक्षा बेवास्ता भएको स्पष्ट गर्दछ।

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ४८ करोड दाबी भए पनि ७८ करोड मात्र भुक्तानी भएको छ।
  • दि ओरिएण्टल इन्स्योरेन्सले ५ अर्ब ५४ करोड दाबीमध्ये सिर्फ ७१ लाख मात्र वितरण गरेको छ।

पीडित व्यवसायीहरूले भोग्नु परेको आर्थिक संकट, रोजगारी गुम्ने अवस्था र पुनःस्थापनामा ढिलाइ अब असह्य अवस्थामा पुगेको छ। नेपाल बीमा प्राधिकरणले पेश्कीको रूपमा १ अर्ब ७५ करोड मात्र उपलब्ध गराएको छ, जुन वास्तविक आवश्यकताको तुलनामा अत्यन्तै कम र अपुग छ। बीमा प्राधिकरणको ढिलाइ र कमजोर नियमनले देशकै इतिहासकै ठूलो “मास क्लेम”मा जनताको विश्वास ह्रास पारेको छ।

विज्ञहरूको चेतावनी अनुसार, बीमा प्राधिकरणले सर्वसाधारणको अधिकार सुरक्षित गर्न, भुक्तानी प्रक्रिया तिब्र बनाउन र बीमा कम्पनीको जवाफदेहिता सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्छ। पीडितहरूले प्रश्न उठाएका छन् – “हामीले भुक्तानीको लागि गरेका दाबी कहिले पूरा हुने हो ? के बीमा प्राधिकरण र कम्पनीहरूले जनताको भरोसा कायम राख्ने छन्?”

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ९ : ३७ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई