काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी र सडक कटान हुँदा प्रमुख राजमार्ग तथा ग्रामीण सडकमा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण साँझ…