काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम सवारीसाधनले दर्शकको ध्यान तानेका छन्। एक्स्पोमा विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधनका विभिन्न ब्रान्ड र मोडल प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ८ वटा गाडी समेत प्रदर्शनीमा राखिएका छन्। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा सुविधा र आरामदायी इन्टेरियरका कारण यी प्रिमियम…