२०८३, ९ कार्तिक सोमबार

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु


काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प र पराकम्पका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन्।

भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी लहरसमेत देखिएका थिए। करिब तीन घण्टापछि सुनामी चेतावनी हटाइएको थियो।भूकम्पका कारण घर, सरकारी भवन तथा अन्य संरचनामा क्षति पुगेको छ। नागेकेओ क्षेत्रका करिब २ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने केही क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ।

भूकम्पपछि अस्पतालबाट बिरामीलाई बाहिर सारिएको र केही क्षेत्रमा पहिरो गएको समेत जनाइएको छ।

इन्डोनेसिया ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखीका घटना बारम्बार हुने गर्छन्।

प्रकाशित मिति : २०८३, २९ श्रावण शनिबार  ३ : ५८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि