२०८३, २९ श्रावण शनिबार

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु


काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प र पराकम्पका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन्।

भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी लहरसमेत देखिएका थिए। करिब तीन घण्टापछि सुनामी चेतावनी हटाइएको थियो।भूकम्पका कारण घर, सरकारी भवन तथा अन्य संरचनामा क्षति पुगेको छ। नागेकेओ क्षेत्रका करिब २ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने केही क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ।

भूकम्पपछि अस्पतालबाट बिरामीलाई बाहिर सारिएको र केही क्षेत्रमा पहिरो गएको समेत जनाइएको छ।

इन्डोनेसिया ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखीका घटना बारम्बार हुने गर्छन्।

प्रकाशित मिति : २०८३, २९ श्रावण शनिबार  ३ : ५८ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ