२०८३, २८ भाद्र सोमबार

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। विश्वविद्यालयको स्थापनापछि आफ्नै संस्थामा अध्ययन गरेर उपकुलपतिको जिम्मेवारीमा पुग्ने उनी पहिलो व्यक्ति बनेका छन्।

प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्। शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे।

मन्त्री पोखरेलको संयोजकत्वमा रहेको समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। समितिको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

नयाँ उपकुलपति छनोटका लागि गत जेठ १९ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना तथा विश्वविद्यालयका संस्थापक उपकुलपति एवं संरक्षण समितिका अध्यक्ष सुरेशराज शर्मा सदस्य थिए।

बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनले यही विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए। उनी केयूको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थीसमेत हुन्।

उच्च शिक्षाका लागि बरालले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन्।

इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा उनको विशेषज्ञता छ। शैक्षिक यात्रामा उपप्राध्यापक र सहप्राध्यापकको जिम्मेवारी सम्हाल्दै उनी प्राध्यापक बनेका हुन्।

आफैंले अध्ययन गरेको विश्वविद्यालयमा प्राध्यापक हुँदै सर्वोच्च नेतृत्वमा पुगेका बरालको नियुक्तिले काठमाडौं विश्वविद्यालयमा नयाँ नेतृत्व र कार्यदिशाप्रति चासो बढाएको छ।

प्रकाशित मिति : २०८३, २८ श्रावण शुक्रबार  ४ : ५९ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल