२०८३, ९ कार्तिक सोमबार

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी


इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

शनिबार फिक्कलमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र देखिएको गतिविधिलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने बताए। ओलीले पार्टी कार्यालयमै बसेर नेतृत्व परिवर्तनको चर्चा गर्ने, हस्ताक्षर अभियान चलाउने तथा सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध अभिव्यक्ति दिने काम अनुशासनविपरीत भएको बताए। ‘पार्टीमा बस्ने हो भने नीति, नियम र अनुशासन मान्नैपर्छ,’ उनले भने, ‘सम्झाउँदा पनि नमान्नेलाई विधि र विधानअनुसार कारबाही गरिन्छ।’

पछिल्लो निर्वाचनमा एमालेको मत उल्लेख्य रूपमा घटेको विषय भने ओलीले गम्भीर रूपमा उठाए। २८ लाख मत आएको ठाउँमा १४ लाखमा झर्नु पार्टीका लागि समीक्षा गर्नुपर्ने विषय भएको उनको भनाइ थियो। ‘पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नुपर्छ,’ ओलीले भने।

आफूहरू कठिन परिस्थितिमा रहेको स्वीकार गर्दै ओलीले नेतृत्वबाट पछि हट्ने संकेत भने दिएनन्। महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले आफ्नो जिम्मेवारी पूरा गर्ने उनको दाबी छ। पार्टीभित्रको असन्तुष्टि ठूलो विभाजनमा परिणत नहुने दाबी गर्दै ओलीले एमालेलाई अझ बलियो र एकताबद्ध बनाएर अघि बढ्ने बताए।

‘अप्ठ्यारो परिस्थिति भन्दै हामी भाग्ने होइनौँ,’ ओलीले भने, ‘यसको सामना गर्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउँछौँ।’ एमालेभित्र पछिल्लो समय नेतृत्वको समीक्षा, संगठन पुनर्गठन र पार्टी रूपान्तरणको माग उठिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई आन्तरिक विवादप्रति नेतृत्वको कडा प्रतिवादका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, २९ श्रावण शनिबार  ११ : १५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि