२०८३, २८ भाद्र सोमबार

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’


काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि कडा टिप्पणी गर्दै उनको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने बताएका छन्।

कांग्रेसको इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसलाई वर्तमान राजनीतिक संकटबाट निकाल्न शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको दाबी गरे। देउवाले विगतमा पार्टीलाई वडा, पालिका, प्रदेशदेखि संघ र राष्ट्रिय सभासम्म बलियो अवस्थामा पुर्‍याएको उनको भनाइ थियो।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई ‘खरानी दस्ता’को संज्ञा दिँदै बस्नेतले गगन थापाले कांग्रेसलाई कमजोर बनाएको आरोप लगाए। गगनले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गरेको प्रसंग निकाल्दै बस्नेतले उनको उमेर र आगामी निर्वाचनमा उम्मेदवारीको विषयमा समेत प्रश्न उठाए। गगनले ५५ वर्ष पुगेपछि राजनीति छाड्ने बताएको उल्लेख गर्दै उनले बोलेका कुरा व्यवहारमा लागू गर्न चुनौती दिए। बस्नेतले गगनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै भने, ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन। त्यसकारण आज पार्टी चलेको छैन, पार्टी बर्बाद भएको छ, भष्म खरानी भएर गएको छ।’ उनले कांग्रेसको वर्तमान अवस्था गगनको नेतृत्वकै कारण कमजोर बनेको दाबी गर्दै थपे, ‘गगन नभएको कांग्रेस माटोमा मिल्थ्यो रे? तपाईँहरू खरानी भइसक्नुभयो। तपाईँबाट पार लाग्दैन।’

बस्नेतले आफ्नो राजनीतिक यात्राको प्रसंग निकाल्दै सिन्धुपाल्चोकमा कांग्रेस कमजोर अवस्थामा रहेको बेला आफूले निर्वाचन जितेर पार्टीलाई ठूलो दल बनाउन भूमिका खेलेको दाबी गरे। गगनको निर्वाचन क्षेत्र र राजनीतिक आधारमाथि समेत प्रश्न उठाउँदै बस्नेतले भने, ‘तपाईँ पनि चुनाव नलड्नुस्, म पनि लड्दिनँ। मुखले बकवास गरेर हुँदैन, फण्डा नगरौँ, व्यवहारमा उतारौँ।’

कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व परिवर्तन र आगामी निर्वाचनलाई लिएर बहस चर्किरहेका बेला बस्नेतको अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक विवादलाई थप सतहमा ल्याएको छ।

प्रकाशित मिति : २०८३, २८ श्रावण शुक्रबार  ५ : ३२ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल