बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत पाएका छन्। सोमबार भएको मतदानमा आचार्यको पक्षमा ४५ सांसद उभिँदा विपक्षमा २६ मत परेको हो। विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतदानपछि सभामुख तुलाराम घर्तीमगरले आचार्यले प्रदेशसभाको बहुमत प्राप्त गरेको घोषणा गरेका छन्। आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले…