२०८३, ९ कार्तिक सोमबार

कांग्रेसमा लफडा चर्कियो, देउवा पक्षलाई गगनले आज जवाफ दिने

कांग्रेसमा लफडा चर्कियो, देउवा पक्षलाई गगनले आज जवाफ दिने


काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षको तीनदिने भेलापछि सभापति गगन थापाले आज पार्टी केन्द्रीय समिति बैठकबाट जवाफ दिने भएका छन्।

सानेपामा करिब एक सातादेखि जारी केन्द्रीय समिति बैठकमा थापाले आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम छ। देउवा पक्षको भेलामा सभापति थापाको नेतृत्व र पार्टी सञ्चालनबारे प्रश्न उठाइएपछि कांग्रेसभित्रको गुटगत विवाद फेरि सतहमा आएको हो। त्यसको जवाफ दिने संकेत थापाले यसअघि नै गरिसकेका थिए। आइतबार एक कार्यक्रममा बोल्दै थापाले पछिल्ला तीन दिनमा आफ्नो सबैभन्दा बढी आलोचना भएको बताएका थिए। उनले सानेपामै पत्रकार बोलाएर त्यसको जवाफ दिने बताएका थिए।

अब भने थापाले पार्टीको औपचारिक बैठकमै आफ्ना धारणा राख्ने भएका छन्। देउवा पक्षको दबाब र गगनको प्रतिउत्तरका कारण कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। आजको बैठकमा सभापति थापाले के भन्छन् भन्नेमा कांग्रेस वृत्तको ध्यान केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ११ : ४६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि