२०८३, २७ भाद्र आईतबार

निजी क्षेत्रलाई दबाएर अर्थतन्त्र चल्दैन : चन्द्रप्रसाद ढकाल

निजी क्षेत्रलाई दबाएर अर्थतन्त्र चल्दैन : चन्द्रप्रसाद ढकाल


ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई प्रोत्साहन नगरी अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन्। नेपाल–कोरिया व्यवसायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारी, उत्पादन, राजस्व र नवप्रवर्तनको मुख्य आधार निजी क्षेत्र भएकाले सरकारले उद्यम र लगानीलाई प्राथमिकता दिनुपर्ने बताए।

ढकालले नेपालमा अवसरको अभाव नभए पनि नीतिगत जटिलता, निराशाजनक भाष्य र लगानीमैत्री वातावरणको कमीले व्यवसायिक गतिविधि प्रभावित भएको उल्लेख गरे। “जति धेरै निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ, त्यति धेरै रोजगारी र उत्पादन बढ्छ,” उनले भने।

उनले दक्षिण कोरियाको उदाहरण दिँदै कामप्रतिको लगाव, अनुशासन, इमानदारी र निजी क्षेत्रप्रतिको सकारात्मक नीतिले छोटो समयमै देशको आर्थिक रूपान्तरण सम्भव भएको बताए। नेपालमा पनि उत्पादन, उद्यमशीलता र नवप्रवर्तनलाई प्राथमिकता दिएर वैदेशिक रोजगारीको बाध्यता घटाउन सकिने उनको धारणा थियो।

ढकालले नकारात्मक बहसमा मात्रै सीमित नभई सम्भावना, लगानी र उद्यमको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले दुई देशबीच लगानी, प्रविधि र सीप हस्तान्तरणको पुलका रूपमा काम गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले पनि कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके रोजगारी र आर्थिक वृद्धिमा ठूलो योगदान पुग्ने बताएका थिए।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  १२ : १४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।