काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको खोजी र उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै स्थानीय सर्वसाधारणसमेत उद्धार तथा खोजीमा खटिएका छन्। बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर र ड्रोनको प्रयोग गरी सम्भावित स्थानमा खोजी भइरहेको छ। उद्धार टोलीले नदी किनार, बाढीले पुरिएका क्षेत्र तथा जोखिमयुक्त स्थानमा…