२०८३, १० कार्तिक मंगलबार

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी


काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको छ। तर बाढीमा कति जनाले ज्यान गुमाए वा कति जना प्रभावित भए भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट ठूलो क्षति भएको र मानवीय क्षतिसमेत भएको पुष्टि गरेका हुन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै वडाध्यक्ष वाइवाले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि तत्काल क्षतिको विस्तृत विवरण संकलन गर्न कठिन भइरहेको बताए।

बाढीका कारण सडक तथा पुलहरू बगाएपछि प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिनाइ भएको छ। उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको र त्यसैमार्फत प्रभावित तथा जोखिममा रहेकाहरूको उद्धार प्रयास भइरहेको वडाध्यक्ष वाइवाले जानकारी दिए।

उनका अनुसार बाढीले धेरै संरचना बगाएको छ भने घटनास्थलसम्म पुग्ने बाटोसमेत अवरुद्ध भएको छ। ‘रेस्क्यु गरिराख्या छ, हेलिकोप्टरबाट। त्यहाँ जाने सम्भावना छैन, भएको पुल सबै बगिसक्यो,’ वडाध्यक्ष वाइवाले भने।उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा मात्रै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको वास्तविक विवरण खुल्ने उनले बताए।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  २ : २१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना