काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। तिब्बततर्फबाट आएको बाढीका कारण नदीको बहाव बढेपछि आसपासका बस्तीमा त्रास फैलिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना प्राप्त भएको हो। उनका अनुसार बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको…