काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता प्रक्रिया अनिश्चितकालका लागि बन्द गरेको छ । यातायात व्यवस्था विभागले प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन पठाउँदै अर्को आदेश नआएसम्म कुनै पनि नयाँ सार्वजनिक सवारी दर्ता नगर्न भनेको हो । सरकारको यो निर्णयसँगै अब बस, माइक्रोबस, ट्याक्सी, टेम्पो लगायत सार्वजनिक प्रयोजनका सवारी साधन थप्न चाहने व्यवसायी…