धुलिखेल, २४ माघः सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने भोटेकोशी गाउँपालिकाकाले सुत्केरी महिलाका लागि १ धार्नी घ्यू उपहार दिन थालेको छ । पालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाका लागि चालु आर्थिक वर्षबाट उपहार स्वरुप १ धार्नी घ्यू थप गरेको हो । पालिकाले अघिल्लो आर्थिक वर्षदेखि गर्भवती महिलाका लागि एकक्रेट अण्डा, ६ किलो चना र केराउ, लुगा…