२०८३, १२ आश्विन मंगलबार

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाद्धारा सुत्केरी महिलालाई १ धार्नी घ्यू उपहार

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाद्धारा सुत्केरी महिलालाई १ धार्नी घ्यू उपहार


धुलिखेल, २४ माघः सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने भोटेकोशी गाउँपालिकाकाले सुत्केरी महिलाका लागि १ धार्नी घ्यू उपहार दिन थालेको छ । पालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाका लागि चालु आर्थिक वर्षबाट उपहार स्वरुप १ धार्नी घ्यू थप गरेको हो ।

पालिकाले अघिल्लो आर्थिक वर्षदेखि गर्भवती महिलाका लागि एकक्रेट अण्डा, ६ किलो चना र केराउ, लुगा र हात धुने साबुन दिदैँ आएको थियो । गर्भवती महिलालाई ४, ६ र ९ महिनामा पौष्टिक सामग्री वितरण गर्ने गरिएको स्वास्थ्य संयोजक भुपेन्द्र लाल श्रेष्ठले जानकारी दिए । ‘पालिकाका गर्भवती महिलालाई अण्डा, गेडागुडी, लुगा र हात धुने साबुन पालिकाले अघिल्लो आर्थिक वर्षबाटै दिन थालेको हो, उनले भने ‘यो आर्थिक वर्षमा १ धार्नी घ्यू थप गरेका छौँ ।’

उनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत नेपाल सरकारले दिदैँ आएको ३ हजार प्रोत्साहन रकममा चालु आर्थिक वर्ष देखि पालिकाले थप २ हजार दिने ब्यवस्था गरेको छ । ‘घरमा सुत्केरी गराउने परम्परा जस्तै छ, यसलाई रोक्न केहि न केहि प्रोत्साहन जारुरी छ, स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘संघ सरकारले दिने ३ हजार भत्तामा पालिकाले २ हजार थप रकम उपलब्ध गराउँदै आइरहेको छ, घरमा सुत्केरी गराउने महिलाले रकम पाउने होइन, स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ ।’

पालिकाले बर्थिङ सेन्टरलाई समेत थप प्रभावकारी र ब्यवस्थित गराउने नीति लिएको उपाध्यक्ष दाबुटी शेर्पा लामाले बताइन् । ‘घरमा सुत्केरी गराउने महिलाको संख्या शून्य बनाउने पालिकाको नीति हो, उनले भनिने त्यहि अनुसार बर्थिक सेन्टरलाई ब्यवस्थित र प्रभावकारी बनाउने काममा हामी लागेका छौँ ।’

पालिकाको वडा नम्बर २ ले भने २०७३ सालदेखि नै प्रोत्साहन भत्ता ५ हजार रुपैयाँ दिदैँ आएको वडाध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले बताए । घरमा सुत्केरी गराउने गर्भवती महिलाको संख्या शुन्यमा झार्ने अभियान अन्तर्गत प्रोत्साहन रकम बढाएको वडाध्यक्ष श्रेष्ठले बताए । बर्थिङ सेन्टर सहितको तातोपानी स्वास्थ्य चौकीमा सुत्केरी गराउन पुग्ने सबैलाई ५ हजार रुपैयाँ रकम दिने ब्यवस्था वडाले गरेको हो । ‘आमा र बच्चा दुईको स्वास्थ्य सुरक्षित हो भनेर यो प्रावधान ल्याएइको हो, वडाध्यक्ष श्रेष्ठले भने ‘पालिकाको अन्य बर्थिङ सेन्टरको तुलनामा तातोपानी स्वास्थ्य चौकी अलिक ब्यवस्थित रहेका कारण धेरै महिला सुत्केरी गराउन यही आउने गर्नुभएको छ ।’

पालिकामाभित्र २ वटा बर्थिङ सेन्टर रहेका छन् । पालिकाले ४ वटा स्वास्थ्य चौकी र ४ सामुदायिक स्वास्थ्य इकाई मार्फत स्वास्थ्य सेवा दिदैँ आएको छ ।

प्रकाशित मिति : २०७६, २४ माघ शुक्रबार  ४ : ०५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय