२०८३, ३० असार बुधबार

सिन्धुपाल्चोकमा वडा सदस्यले कुटे वडाध्यक्ष

सिन्धुपाल्चोकमा वडा सदस्यले कुटे वडाध्यक्ष


धुलिखेल, २१ माघः सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सनत अधिकारी माथि आक्रमण भएको छ । वडा सदस्य यन्द बहादुर मगर नेतृत्वको टोलीको कुटाइबाट अध्यक्ष सनत अधिकारी, रत्नराज्य माध्यामिक विद्यालयका शिक्षक पुष्पराज तिमिल्सिना, अभिभावकहरु हरिराम पौडेल र महेश्वर अधिकारी घाइते भएका छन् । पालिकाका प्रशासकीय अधिकृत लोक बहादुर विश्वकर्माले सोमबार साझँ वडाध्यक्ष माथि आक्रमण भएको पुष्टि गरे । तर कसले किन आक्रमण गरेको हो भन्ने आफुलाई थाहा नभएको बताए ।
चनौटे बजारमा रहेको रत्नराज्य माध्यमिक विद्यालयको सोमबार ५७ औँ बार्षिक उत्सव कार्यक्रम थियो । कार्यक्रम सकिएपछि आक्रमण भएको प्रधानाध्यापक छन्द प्रसाद काफ्लेले बताए ।
प्रधानाध्यापक काफ्लेले घटनाको विवरण यसरी सुनाएः
सोमबार विद्यालयको ५७ औँ बार्षिक उत्सव कार्यक्रम थियो । साझँ ६ बजेतिर कार्यक्रम सकियो । कार्यक्रममा आएका अतिथि, अभिभावक, विद्यार्थीहरु घरतिर हिडे । वडाध्यक्ष सहित केहि अभिभावक र शिक्षक बसेर कार्यक्रममा प्रयोग भएको सरसामग्री थन्क्याउन थाल्यौ । दिनभर कामको ब्यस्तताले खाजा पनि खाएका थिएनौँ ।

सामान थन्क्याइसकेपछि अध्यक्ष ज्यूसँगै हामी पनि खाजा खान विद्यालयको क्यान्टिनमा गयौ । झण्डौ साढे ७ बजेको थियो होला । त्यहि बेला गाउँका १०/१२ जना युवाहरुको एउटा समूह विद्यालयको क्यान्टिनमा छिर्यो । छिर्ना साथै ढोका र टेबल ठाटाउन थाल्यो । विद्यालय समय भनेको १० देखि ४ बजेसम्म मात्रै हो, यत्तिबेलासम्म कुन नियतले बसेको, तिमीहरुको अड्डा जमाउने ठाउँ होइन भन्दै त्यो समूह हामी माथि जाईलाग्यो ।

हामी दिनभर काममा ब्यस्ता भएकाले अहिले खाजा खान लागेको हो, हाम्रो कुनै नराम्रो नियत छैन भनेपछि उनीहरुले आक्रमण सुरु गरे । टेबल उठाएर अध्यक्षको टाउकोमा हाने । वडासदस्य यन्द बहादुर मगर पनि त्यहि समूहमा मिसिएर आउनुभएको थियो । उहाँ आफैपनि आक्रमण गर्न सहभागि बन्नु भयो । आक्रमणबाट विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष रनत अधिकारी, शिक्षक पुष्पराज तिमिल्सिना घाइते हुनुभयो । झगडा छुट्याउनु आनुभएका अभिभावक हरिराम पौडेल र महेश्वर अधिकारी पनि घाइते हुनुभएको छ । वडाध्यक्ष अधिकारीको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेको छ । हामीलाई आक्रणम गर्नुअघि त्यो समूहले गाउँमा बिजुली बत्तिको लाइन समेत काटेको थियो ।

घाइते वडाध्यक्ष अधिकारी नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन भने यन्द बहादुर तत्कालीन माओवादीबाट निर्वाचित वडा सदस्य हुन । आक्रमणमा संलग्न यन्द बहादुर बाहेक ६ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काप्लेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २१ माघ मंगलबार  २ : २४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै