२०८३, ५ भाद्र शनिबार

वाल्टिङ्गका ५ विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण

वाल्टिङ्गका ५ विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण


सरोज सापकोटा/ वाल्टिङ्ग, २१ माघः रोशी गाउँपालिकाको वडा नम्बर १०, वाल्टिङ्गमा रहेका ५ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्रीहरु वितरण गरिएको छ ।

“मनकारी सहयोग आवश्यक विद्यार्थीलाई, भविश्यमा अनुशासित सभ्य नागरिक ! उपहार देशलाई” भन्ने मुल नाराका साथ रोशी गाउँपालिको पञ्चकन्या माध्यमिक विद्यालय, महाभारत प्रावि, सरस्वती प्रावि, बुद्धिबिनोद प्रावि र जागेश्वर प्राविका १ सय जना बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाबासी मनकारी हातहरुको सहयोग, सर्वश्री क्वालीटी पिन्टर्स बनेपाले कपडा बैंक मार्फत ल्याइएको बिभिन्न न्यानो कपडाहरु आर्थिक रुपले बिपन्न समुदायका करिब ५० जना बृद्धबृद्धाका साथै बालबालिकाहरुलाई वितरण गरिएको थियो ।

दलित, लोपोन्मुख, अपाङ्ग र विपन्न बालबालिकाहरु गुणस्तरिय शिक्षाबाट पछाडी नपरुन् भन्ने कामनाका साथ काभ्रेपलाञ्चोक जिल्लाका मनकारी हातहरुको सहयोगमा संकलित सामाग्रीहरु हस्तान्तरण गरिएको वितरण सर्बश्री अधिकारीले बताइन् ।

कार्यक्रममा बोल्दै रोशी गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष दुधराज तामाङले मनकारी हातहरुका कारण समाजको विकास सम्भब रहेको र बिद्यार्थीमा गुणस्तरिय शिक्षा लिन सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २०७६, २१ माघ मंगलबार  ८ : ३१ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही