२०८३, १८ बैशाख शनिबार

काभ्रेका विभिन्न ठाउँमा ल्होछारको रौनक (भिडियो सहित)

काभ्रेका विभिन्न ठाउँमा ल्होछारको रौनक (भिडियो सहित)


धुलिखेल, १२ माघः तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाएका छ । मञ्जुश्री पात्रोअनुसार शनिबारबाट नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्ष सुरु भएकै दिन तामाङ समुदायले ल्होछार पर्व मनाउँदै आइरहेका छन् ।

हेर्नुभिडियो

ल्होछारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपुजाको रुपमा समेत आजको दिनलाई लिने गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको काभ्रे सहित बाग्मती प्रदेशका विभिन्न जिल्लामा विशेष कार्यक्रम भइरहेका छन् । तेमाल र रोशी गाउँपालिकाको विभिन्न ठाउँमा ल्होछार केन्द्रित साँस्कृतिक कार्यक्रमहरु भएका छन । नगरकोटमा महोत्सव चलेको । भकुण्डेमा पनि ल्होछार विशेष कार्यक्रम भएको छ ।

उता सिन्धुपाल्चोक जिल्लाको लिसंखु–पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा पनि ल्होछारको अवसरमा आज विशेष कार्यक्रम भएको छ । वडाभित्र रहेका विभिन्न जातजातिको भूषभेषा झल्कने झाँकीहरु प्रर्दशन गरिएको थियो । बागमती प्रदेश सरकारले शनिबार मनाइने पर्वका अवसरमा शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : २०७६, १२ माघ आईतबार  २ : ४६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा